भाद्र २, २०८३ मंगलबार August 18, 2026

६ जीबी र्‍याम र ५० मेगापिक्सेल क्यामेरा भएको रेड्मी १२सी फोन १७ हजार रुपैयाँमा पाइने

३ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज भएको फोनको मूल्य १३ हजार ४९९ रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा साओमीले सस्तो मूल्यको रेड्मी फोन सार्वजनिक गरेको छ । कम्पनीले नेपाली उपभोक्ताका लागि तीन र्‍याम/स्टाेरेज भेरियन्टमा रेड्मी १२सी फोन उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार ३ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज भएको फोनको मूल्य १३ हजार ४९९ रुपैयाँ छ । त्यस्तै ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज रहेको अर्को भेरियन्टको फोनको मूल्य १४ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको अर्को फोन उपलब्ध गराएको छ, जसको मूल्य १६ हजार ९९९ रुपैयाँ रहेको छ ।

बेस भेरियन्टमा नै ग्राहकले एकैसाथ धेरै एपहरू बिना कुनै ल्याग, सहजै मल्टिटास्किङ गर्नसक्ने कम्पनीको भनाइ छ । साथै ६+१२८ जीबीको भेरियन्टले एप्स, फोटो, भिडिओहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्ने कम्पनीकाे विज्ञप्तिमा जनाइएकाे छ ।

याे फाेनमा मेडियाटेक हेलियो जी८५ प्रोसेसर छ । अर्काे महत्त्वपूर्ण विशेषताका रूपमा फोनमा ५० मेगापिक्सेल डुअल रियर क्यामेरा जडान गरिएको छ, जसले धेरै डिटेल्सका साथ फोटो खिच्नसक्ने कम्पनीले दाबी गरेकाे छ ।

फोनमा ५,००० एमएच ब्याट्रीको साथमा ६.७१ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार
१५ शय्याको गोकुलेश्वर अस्पतालमा जनशक्ति अभाव, प्रादेशिक अस्पताल बनाउने योजना अझै अधुरो
२०८३ भाद्र २, मंगलबार
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार