वैशाख २२, २०८१ शनिबार May 4, 2024

६ जीबी र्‍याम र ५० मेगापिक्सेल क्यामेरा भएको रेड्मी १२सी फोन १७ हजार रुपैयाँमा पाइने

३ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज भएको फोनको मूल्य १३ हजार ४९९ रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा साओमीले सस्तो मूल्यको रेड्मी फोन सार्वजनिक गरेको छ । कम्पनीले नेपाली उपभोक्ताका लागि तीन र्‍याम/स्टाेरेज भेरियन्टमा रेड्मी १२सी फोन उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार ३ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज भएको फोनको मूल्य १३ हजार ४९९ रुपैयाँ छ । त्यस्तै ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज रहेको अर्को भेरियन्टको फोनको मूल्य १४ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको अर्को फोन उपलब्ध गराएको छ, जसको मूल्य १६ हजार ९९९ रुपैयाँ रहेको छ ।

बेस भेरियन्टमा नै ग्राहकले एकैसाथ धेरै एपहरू बिना कुनै ल्याग, सहजै मल्टिटास्किङ गर्नसक्ने कम्पनीको भनाइ छ । साथै ६+१२८ जीबीको भेरियन्टले एप्स, फोटो, भिडिओहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्ने कम्पनीकाे विज्ञप्तिमा जनाइएकाे छ ।

याे फाेनमा मेडियाटेक हेलियो जी८५ प्रोसेसर छ । अर्काे महत्त्वपूर्ण विशेषताका रूपमा फोनमा ५० मेगापिक्सेल डुअल रियर क्यामेरा जडान गरिएको छ, जसले धेरै डिटेल्सका साथ फोटो खिच्नसक्ने कम्पनीले दाबी गरेकाे छ ।

फोनमा ५,००० एमएच ब्याट्रीको साथमा ६.७१ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार