असार २३, २०८२ सोमबार July 7, 2025

कंगोमा प्रहरीले चलाएको गोली लागी एक अधिकारकर्मीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः प्रजातान्त्रिक गणतन्त्र कङ्गोको तनावग्रस्त पूर्वी भागमा जुलुश प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी एक अधिकारकर्मीको मृत्यु भएको आन्दोलनरत समूहले जानकारी गराएको छ ।

लुटेरा तथा लडाकू समूहका आक्रमणबाट प्रभावित रहँदै आएको बेनी शहरमा प्रहरीले गोली चलाएको थियो । घटनालाई लिएर दुई प्रहरी अधिकारीलाई पक्राउ गरिएको स्थानीय प्रहरी कार्यालयले जानकारी गराएको छ । बेनीस्थित एक रङ्गशालामा करिब २० व्यक्ति भेला भई स्थानीय लुचा समूहले आफूहरूमाथि भएका लुट र हत्याको विरोध गर्ने तयारी गरेका समय प्रहरीले गोली चलाएको आरोप स्थानीय मानवअधिकारवादी समूहले बताएको छ ।

मुश्लिम विद्रोहीहरूको अलिड डेकोक्र्याटिक फोर्स (एडीएफ) इस्लाम बहुल क्षेत्र रहेको बेनीमा सक्रिय रहेको छ । जहाँ सन् २०१४ को अक्टोबरदेखि हालसम्म करिब एक हजार सर्वसाधारणको हत्या भएको छ । स्थानीय नागरिकहरूले संयुक्त राष्ट्रसंघीय शान्ति सेना तथा कङ्गोली अधिकारीले आफुहरूको सुरक्षालाई प्रत्याभूत नगरेको भन्दै आन्दोलित भएका छन् ।

बिहीबारको जुलुशबाट पक्राउ गरी करिब एक दर्जनभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारकर्मीमाथि आक्रमण गर्ने प्रहरी अधिकारीलाई पनि छानविनका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार