भाद्र १, २०८३ सोमबार August 17, 2026

साओमीको सस्तो स्मार्ट टिभी सार्वजनिक

चिनियाँ बजारमा यो स्मार्ट टिभीको मूल्य ७९९ युआन (साढे १४ हजार रुपैयाँ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साओमीले आफ्नो सस्तो स्मार्ट टिभी ‘साओमी टिभी ईए४३’ (Xiaomi TV EA43) सार्वजनिक गरेको छ । थोरै बेजल्स सहित मेटल कभर भएको यो फुल स्क्रिन टिभी हो । ४३ इन्चको यो टिभीको स्क्रिन र बडीको रेसियो ९६.७ प्रतिशत रहेको छ ।

यसमा ४ कोरको ६४ बिट सीपीयु प्रयोग गरिएको जसमा २.४ गिगाहर्ज र ५ गिगाहर्जको डुअल-ब्यान्ड वाइफाइ उपलब्ध छ । त्यस्तै गुणस्तरीय आवाजको लागि ८ वाटको दुईओटा स्पिकर राखिएको छ ।

यो टिभीमा दु्ईओटा यूएसबी पोर्ट, दुई एचडीएमआई पोर्ट, एक एभी पोर्ट, एक वायर्ड नेटवर्क पोर्ट, एउटा एन्टेना पोर्ट र एउटा पीडीआईएफ पोर्ट उपलब्ध छ ।

कम्पनीले यो टिभीमा टिभी ३.० को लागि आवश्यक मयूआई उपलब्ध गराएको छ जसले स्मार्ट होम मोड र अफिस मोडलाई पनि सपोर्ट गर्छ ।

हाल यो टिभी चिनियाँ बजारको लागि मात्र सार्वजनिक गरिएको छ । चाँडै नै विश्वबजारमा पनि उपलब्ध गराइने अपेक्षा गरिएको छ । यद्यपि यस विषयमा कम्पनीले भने कुनै जानकारी दिएको छैन । चिनियाँ बजारमा यो स्मार्ट टिभीको मूल्य ७९९ युआन (साढे १४ हजार रुपैयाँ) तोकिएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बडीमालिका पूजा आजदेखि प्रारम्भ
२०८३ भाद्र १, सोमबार
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ थुनामुक्त
२०८३ भाद्र १, सोमबार
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १, सोमबार
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल
२०८३ भाद्र १, सोमबार
राष्ट्रियसभाः विपद् व्यवस्थापनसहित समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ भाद्र १, सोमबार
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र १, सोमबार