असार १७, २०८१ सोमबार July 1, 2024

विश्वभर ५४ लाखको हाराहारीमा कोरोना संक्रमित, ३ लाख ४३ हजारको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने । संक्रमितको संख्या ५४ लाखको हाराहारीमा पुगेको छ ।
वल्डोमिटरर्सका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार १ सय ८३ जनाको कोरोना भाइरसबाट निधन भएको छ भने एक लाखको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उपचार गराइराखेका ५३ हजार ५ सय ६२ जनाको अवस्था सिकिस्त छ भने २८ लाख ९ हजारको अवस्था सामान्य छ ।

सबैभन्दा बढी प्रभावित भएको संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ३६ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९८ हजार ६८३ पुगेको छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ६ सय ७५ कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना नयाँ संक्रमित थपिएका छन् भने देशभर कोरोना संक्रमित हुनेको संख्या ५ सय ८४ जना पुगेको छ । त्यस्तै हिजो १० जना डिस्चार्ज भएर घर फर्किएका छन् । अहिलसम्म ८९ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । त्यस्तै संक्रमितहरुको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लैजाने
२०८१ असार १७, सोमबार
गण्डकी प्रदेशसभाबाट बजेट पारित
२०८१ असार १७, सोमबार
भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न मन्त्री अर्यालको आग्रह
२०८१ असार १७, सोमबार
इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा
२०८१ असार १७, सोमबार
विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३१ अर्ब बढीको सुन तस्करी
२०८१ असार १७, सोमबार
जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह
२०८१ असार १७, सोमबार
नेकपा एसको दशौं महाधिवेशन : झलनाथ खनालकाे नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन
२०८१ असार १७, सोमबार