काठमाडौंः संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको आज सम्पन्न निर्वाचनबाट उपाध्यक्ष द्वयमा किरण दाहाल र सृजना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (महिला) सविता शर्मा, कोषाध्यक्षमा अमुल थापा निर्वाचित हुनुभएको छ ।
कार्यसमितिको नयाँ सदस्यमा राजु थापा, पूजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाई, विनोद कटुवाल, शिला तिमिल्सिना सर्वसम्मत रुपमा चयन हुनुभएको छ । त्यसैगरी समावेशी सदस्यमा मीरा बस्नेत र अन्जना लामिछाने विजयी हुनुभएको छ ।
निर्वाचन समितिका संयोजक टङ्क पन्तले निर्वाचन परिणाम घोषणा गर्दै नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुभयो ।
नयाँ कार्यसमितिको दुई वर्षको कार्यकाल हुनेछ । संसद् र संसदीय मामिलासम्बन्धी गतिविधिमा कलम चलाउने पत्रकारहरूको साझा सङ्गठनको रुपमा समाज रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया