असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा हालसम्म कोरोना जितेर १ सय १२ जना डिस्चार्ज, चार जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालमा हालसम्म ११२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ८४ जना पुरुष र २८ जना महिला कोरोना जितेर अस्पतालबाट घर फर्केका हुन् ।

पछिल्लो २४ घण्टामा मात्रै १६ जना पुरुष र ९ जना महिला डिस्चार्ज भएका स्वासथ्य मन्त्रालयले जनाएको छ । यस्तै नेपाालमा ७ जना कोरोना संक्रमित थपिएका छन् । अछाम, बदिर्या, र पर्साका गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामको मेल्लेक गाउँपालिकाका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनी अहिले अछाम अस्पतालमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन ।

यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका २२ र २४ र १८ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साको जिराभवानीकाका १८ वर्षीया पुरुष र काठमाडौँ घर भई हाल कलैया बारामा बस्ने २८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ।

नेपालमा चारजना संक्रमितको भने निधन भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया