असार २३, २०८२ सोमबार July 7, 2025

कोरोना संक्रमित संख्याको आधारमा भारत विश्वको १० औं बढी प्रभावित मुलुक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित संख्याको आधारमा अहिले भारत विश्वको १० औं बढी प्रभावित मुलुक बनेको छ ।

कोभिड–१९ को विषयमा अनुसन्धान गरिरहेका भारतीय शोधकर्ताका अनुसार जुलाइसम्ममा भारतमा केही लाख संक्रमित थपिन सक्छन् । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ३८ हजार नाघिसकेको छ ।

संक्रमित संख्याको हिसाबमा सबैभन्दा अगाडि अमेरिका छ । त्यसपछि ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी र टर्कीपछि भारतको नाम छ । पछिल्लो तथ्यांकअनुसार भारतमा चार हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

भारतको सरकारी तथ्यांकअनुसार जनसंख्याको आधारमा दोस्रो ठूलो मुलुक भारतमा अहिले हरेक १३ दिनमा कोरोना भाइरस संक्रमितको संख्या दोब्बर भइरहेको छ । यसै अवस्थामा सरकारले पनि लकडाउन खुकुलो बनाउन शुरु गरेको छ ।

यसअघि एम्सका निर्देशक रणदीप गुलेरियाले पनि केही दिनअघि अहिले निरन्तर भारतमा कोरोना भाइरसका संक्रमित बढिरहेको बताउँदै कुनै न कुनै अवस्थामा त यो उत्कर्षमा पुग्ने बताएका थिए । तर, सबैभन्दा उच्च विन्दुमा कहिले पुग्छ भन्ने कुरा भने मोडलिङ डाटामा आधारित हुने उनको भनाइ छ ।
धेरैजसोले भने जुन–जुलाईमा भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या उच्च विन्दुमा पुग्न सक्ने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार