भाद्र ६, २०८३ शनिबार August 22, 2026

भ्रष्टाचार काण्डका फाइल सार्वजनिक लेखा समितिलाई दिन सांसद अर्जुननरसिंह केसीको माग

आगामी बैठक बस्नु अगावै समिति सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरुलाई दिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गरेका छन्।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले यस्तो माग गरेका हुन्। उनले आगामी बैठक बस्नु अगावै समिति सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरुलाई दिनुपर्ने बताए।

समितिले विगतको समितिले गरेको निर्णयलाई उल्ट्याउने नभई जानकारीका लागि पनि समितिले सो फाइलहरु उपलब्ध गराउनु आवश्यक रहेको उनको भनाइ थियो।

उनले समितिमा आएका अनियमितताका प्रकरणहरु थन्क्याएर राख्नु संसद् समितिको अपमान हुने बताए। उनले संसद्को समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई नरहेको जिकिर गरे।

उनले भने, ‘चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण यो समितिलाई दिनुपर्छ। मैले त भनिरहेको छु। एउटा बल्ल बल्ल पाएका थियौँ, बुझ्दै नबुझ्ने प¥यो, अर्को बैठक भन्दा अघि सचिवालयले दिनैपर्छ। प्रत्येक हामी मान्य सदस्यले त्यो थाहा पाउनुपर्छ। के भएको छ, के निर्णय भयो, निर्णयलाई उल्ट्याउँछौँ भनेको होइन, त्यो भ्रम परिसकेको छ, त्यो निर्णय भएको कुरा नयाँ उजुरी कहीँबाट आए हेर्न सक्छ समितिले, एकपटक टुंगिसकेको कुरा केही हुँदैन, तर जुन निर्णय भयो, त्यसलाई थन्क्याएको छ भने सरकारले थन्क्याएको भए सरकार र कुनै संवैधानिक संस्थाले गरेको छ भने संवैधानिक संस्थाले थन्क्यायो। यो संसद्को समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई छैन। निर्णय नगरी थन्क्याउने कुरा गम्भीर कुरा हो। त्यो सबै आओस्।’

समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने सांसद केसीको भनाइ थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार