असोज २०, २०८३ मंगलबार October 6, 2026

पर्सामा थप २१ जना उपचारपछि कोरोना मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज । पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि कोरोना भाइरसमुक्त भएका छन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएका हुन् । उनीहरुलाई राति नै डिस्चार्ज गरिएको छ ।

गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।
लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको डा. उदय नारायण सिंहले जानकारी दिएका छन । ६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएकोमा अस्पतालमा अब ९ जना संक्रमित उपचाररत छन् ।

यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।
पर्सामा ३ हजार ८० जनाको थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा २९ सय ५५ जनाको रिपोर्ट आइसकेको छ । मंगलबार १ सय जनाको नमुना संकलन गरिएको छ ।

कोरोना संक्रमितको उपचारको लागि पर्सामा एक सय २८ बेड क्षमताको आइसोलेसन बेड रहेकोमा ७० बेड क्षमताको नारायणी अस्पताल खाली छ । कोरोना संक्रमित डिस्चार्ज भएपछि जनरल सेवा सञ्चालन गर्ने उद्देश्यले मंगलबार स्यानिटाइजेसन गरिएको छ । गण्डक कोरोना विशेष अस्पतालमा ५० र पोखरिया नगरपालिकामा ८ बेडको आइसोलेसन छ । हालसम्म आरडीटी टेस्ट २ हजार ४ सय ६६ जनाको गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार