असार २५, २०८२ बुधबार July 9, 2025

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १९ पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या १९ पुगेको छ । आज बिहान नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्ला देवचुली नगरपालिका घर भइ सोही नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई जनाको कोभिड–१९ पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

सङ्क्रमित वर्ष १९ र २१ का दुई पुरुष रहेको दुवै जनालाई मध्यविन्दु अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन । बिहीबार साँझ म्याग्दीको मालिका गाउँपालिका घर भइ बेनी नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष ३० का एक पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गण्डकीमा हालसम्म बाग्लुङमा आठ, स्याङ्जामा पाँच र नवलपरासी पाँच तथा म्याग्दीमा एक सङ्क्रमित छन् । बाग्लुङका दुई भने यसअघि नै उपचार गराएर निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्याङ्जाको वालिङमा बिहीबार सङ्क्रमण पुष्टि भएका तीनमध्ये ३९ वर्षीया महिलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएर आइसोलेसन कक्षमा राखेर उपचार शुरु गरिएको हो ।

स्याङ्जामा महिलाका लागि छुट्टै आइसोलेसनकक्ष नभएकाले उनलाई पोखरा ल्याइएको बताइन्छ । अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले सङ्क्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा राखेर उपचार शुरु गरिएको जानकारी दिएका छन ।

निर्देशक आचार्यले पहिलोपटक सङ्क्रमित बिरामीको उपचार शुरु भएसँगै अस्पतालका अन्य सेवा भने प्रभावित हुने बताएका छन ।

अस्पतालमा भीडभाड कम गर्न र सम्भावित सङ्क्रमण रोक्न बहिरङ्ग विभाग (ओपिडी) को सेवा बन्द गरिने जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार