भाद्र ६, २०८३ शनिबार August 22, 2026

संघीयता उचित भएन र संघीयताले जनताको आवश्यकता पूर्ति भएन भन्ने टीकाटिप्पणी हुन थाले : सभामुख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताएका छन्।

शुक्रबार संघीय संसद सचिवालयले काठमाडौंमा आयोजना गरेको संघीय संसद र प्रदेशसभाको अनुभव आदानप्रदान एवं अन्तरक्रियाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीयताको विषयमा प्रश्नहरु उठ्न थालेको बताएका हुन्।

उनले संघीयता उचित भएन र संघीयताले जनताको आवश्यकता पूर्ति भएन भन्ने टीकाटिप्पणी हुन थालेको बताए। उनले संविधानको यो व्यवस्थामाथि नै छलफल हुनुपर्ने मागसमेत आउन थालेको भन्दै संघ र प्रदेशसभाहरुले जनआंकाक्षा अनुरुपको ऐन, कानून बनाउनुपर्ने बताए।

उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था जनताले चाहेको व्यवस्था हो र यो व्यवस्था राष्ट्रको हितमा रहेको तीनै तहको सरकारले स्थापित गराउनुपर्ने बताए।

उनले भने‚ ‘हामीले संसदलाई ठिक ढंगले सञ्चालन गर्ने, उपयुक्त खालका विधेयकहरुलाई ऐनमा परिणत गर्ने अथवा कानून बनाउने, बनाएका कानूनहरु सरकारमार्फत कार्यान्वयन गर्ने। सरकारले ठिक ढंगबाट कानूनहरु निर्माण गरेको थियो तर कार्यान्वयन गर्न सकेन भने त्यसलाई नियन्त्रण गर्ने। त्यसलाई निर्देशन गर्ने। त्यो कानूनलाई जनताको हितमा, राष्ट्रको हितमा हाम्रा उद्देश्य अनुरुप खासगरी समाजवादी समाज निर्माण गर्ने, जनताको जीवन सुखी बनाउने, राष्ट्रलाई स्वतन्त्र, स्वाधीन र शक्तिशाली बनाउने।

यो व्यवस्था राष्ट्रको हितमा छ। यो व्यवस्थाले तीन तहको सरकार सञ्चालन गरिरहँदा अहिले हामी यहाँ उपस्थित संघमा, प्रदेशमा जिम्मेवारी लिएका छौँ भने स्थानीय तहमा कार्यान्वयन गर्ने ठूलो शक्ति तल जनताको बीचमा काम गरिरहेको छ।

अहिले विभिन्न क्षेत्रबाट हाम्रो संघीयता उचित थिएन कि? जनताका आवश्यकता पूर्ति भएनन् कि भन्ने खालका टीकाटिप्पणीहरु र संविधानको यो व्यवस्थामाथि छलफल हुनुपर्छ भन्ने मागहरु कताकता देखा पर्न थालिरहेको छ। यसलाई पनि हामीले कसरी बुझ्ने? प्रदेशको विशिष्टताका आधारमा बनाउनुपर्ने ऐनहरु के हुन्? विधायकहरुले खेल्नुपर्ने भूमिका के हुनसक्छ? कार्यान्वयनको पक्षमा विगतको समीक्षा गर्दै आगामी दिनमा जनआकांक्षा पूर्ति गर्नुपर्छ।’

उनले उनले जनताको अपेक्षा पूरा गर्ने गरी कानून बनाउनुपर्नेमा जोड दिए। जनपक्षीय कानून बनाउन संघ र प्रदेशसभा र सांसदहरु सिर्जनशील हुनुपर्ने बेला आएको बताए। सभामुखहरुले सभालाई ठिक ढंगले सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार