श्रावण ४, २०८२ आइतबार July 20, 2025

रोकिएन विद्यार्थी बिदेसिने क्रम

कक्षा १२ पास हुनासाथ उच्च शिक्षा अध्ययनका लागि बर्सेनि सयौं विद्यार्थी बिदेसिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्ला १२ वर्षमा शिक्षा क्षेत्रमा १४ खर्ब ९१ अर्ब रूपैयाँ लगानी गरेको सरकार स्वदेशी शिक्षामा विद्यार्थीलाई आश्वस्त बनाउन र टिकाउन भने असफल देखिएको छ। विद्यालय शिक्षा अर्थात् कक्षा १२ पास हुनासाथ उच्च शिक्षा अध्ययनका लागि बर्सेनि सयौं विद्यार्थी बिदेसिने गरेका छन्।

विदेशमा गएर उच्च शिक्षा अध्ययनका लागि आर्थिक वर्ष २०६५/६६ देखि २०७७/७८ सम्म ४ लाख १६ हजार ३६४ जनाले एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) लिएका छन्। त्यस्तै आव २०७८/७९ र २०७९/८० सालमा एनओसी लिनेको संख्या २ लाख २७ हजार ७८० छ।

सरकारले सबैका लागि शिक्षा कार्यक्रम अन्तर्गत २०६९ सालयता विशेषगरी विद्यालय शिक्षामा सबैको पहुँच बढाउने लक्ष्यसाथ बर्सेनि बजेट बढाउँदै लगेको छ। सरकारले कक्षा ८ सम्म अर्थात् आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा (कक्षा ९ देखि १२) निःशुल्क गरेको छ। निःशुल्क शिक्षाअन्तर्गत विद्यालय तहका बालबालिकाले पाठ्यपुस्तक, शिक्षण शुल्क, परीक्षा शुल्क, खाजा, शैक्षिक सामग्रीलगायत निःशुल्क पाउने कानुनी व्यवस्था छ। सामुदायिक विद्यालयका शिक्षकको तलबलगायत सुविधा सबै राज्यले बेहोरेको छ। तर पनि विद्यार्थी किन स्वदेशमा टिक्न सक्दैनन् भन्ने त ? यो अहिलेको सबैभन्दा ठुलो चुनौतीको विषय भएको विज्ञहरू बताउँछन्।

शिक्षामा बर्सेनि बजेट बढ्दै गए पनि विद्यार्थी कक्षा १२ पासपछि विदेशमै उड्न रुचाउनुको मुख्य कारण रोजगारीको अवसर नै भएको शिक्षाविद् विद्यानाथ कोइरालाको बुझाइ छ। आव २०७४/७५ सम्म शिक्षामा ९९ अर्ब बजेट थियो भने आव २०७५/७६ देखि खर्ब नाघ्न थालेको हो।

शिक्षामा गुणस्तरीय सुधार गर्नकै लागि आव २०७५/७६ देखि राज्यले शिक्षामा १ खर्ब ३४ अर्ब बजेट विनियोजन गरेको थियो। तर आव २०७४/७५ र २०७५/७६ मा सबैभन्दा बढीले एनओसी लिए। अर्थात् आव २०७४/७५ सालमा ५८ हजार ७५८ र २०७५/७६ मा ६३ हजार २५९ ले एनओसी लिए। गत १३ वर्षको तथ्यांक हेर्दा सबैभन्दा धेरै एनओसी यी दुई वर्षमा लिइएको छ। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार