असोज २०, २०८३ मंगलबार October 6, 2026

रौतहटमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रौतहट । रौतहटमा आज एकै दिन थप ५६ जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । परिक्षणको लागि तीन दिन अघि लगिएको स्वाबको पिसिआर परिक्षणमा नया संक्रमितको संख्या थपिएको हो ।

थपिएकोमा राजपुर नगरपालिकामा–३३ जना, बौध्दिमाई नगरपालिकामा २ जना, मौलापुर नगरपालिकामा ६ जना र ईशनाथ नगरपालिकामा १५ जना रहेका छन ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले दिएको जानकारी अनुसार आज थपिएका चार वटै नगरपालिकाको क्वारेन्टाईनमा बसेकाहरु हुन । यससगै रौतहटमा कोरोना भाईरसको संक्रमितको संख्या १ सय ८१ पुगेको छ ।

कोरोना भाईरसको संक्रमितहरु सबै भारत बाट आएका हुन । उनीहरु भारत बाट आउना साथ सम्बन्धित नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा राखिएको थियो । उनीहरुको स्वाबको पिसिआरको परिक्षणको लागि तीन दिन अघि निकालिएको हो । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको जनाइएको छ ।

रौतहटको १८ स्थानीय तह मध्ये कटहरिया, गरुडा, माधवनारायण, फतुवा बिजयपुर, बृन्दाबन, गुजरा नगरपालिका, गढिमाई, ईशनाथ, राजदेबी, गौर, देबाही गोनाही नगरपालिकाको क्वारेन्टाईनमा बसेकाहरुमा कोरोना भाईरसको संक्रमण देखिएको हो । रौतहटमा देखिएका कोरोना भाईरसको संक्रमितको उपचारको लागि जिल्लामानै बनाईएको आईसोलेसनमा राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार