असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अर्घाखाँची । नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।

घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया