काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध पश्चात प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करी प्रकरणका मुख्य नाइके पक्राउ गर्नुपर्ने, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।
एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेरेपछि सभामुख देवराज घिमिरेले १५ साउन सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया