भाद्र ६, २०८३ शनिबार August 22, 2026

राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित

राष्ट्रिय सभा बैठक आउँदो बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । बिहीबार दोस्रोपटक बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुन पारित गरेको छ ।

यसअघि राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । उक्त विधेयकलाई प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर राष्ट्रिय सभामा पठाएको हो । राष्ट्रिय सभाले बिहीबार पुनः सो विधेयक पारित गरेको हो ।

उक्त विधेयक पारित गरेपछि बैठक आउँदो बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा जानकारी गराए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार