असार २३, २०८२ सोमबार July 7, 2025

कम उमेरका व्यक्तिलाई कोरोना भाइरसको जोखिम धेरै : अध्ययन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना भाइरसको संक्रमण जोखिम अब कम उमेरका व्यक्तिमा बढी हुन सक्ने देखिएको वैज्ञानिकहरुले बताएका छन् । हालसम्म कोरोना भाइरसको संक्रमण तथा त्यसको गम्भीर जोखिम तुलनात्मक रुपमा पाको उमेरका व्यक्तिमा बढी हुने देखिएको थियो ।

तर पछिल्लो समयको ‘ट्रेन्ड’ अध्ययन गर्दा संक्रमणको दर कम उमेरका व्यक्तिमा बढ्दो क्रममा देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

अमेरिकाको वासिङ्गटन राज्यमा संक्रमणले उच्च तह पार गर्दा ६० वर्ष भन्दा माथिको उमेरका व्यक्तिमा संक्रमण दर १० प्रतिशतले कम भएको देखिएको तर कम उमेरका व्यक्तिमा संक्रमण दर तीव्र गतिमा बढेको दखिएको अध्ययनमा उल्लेख छ ।

मेडआर एक्सआइभीले बिहीबार प्रकाशित गरेको अध्ययनमा ४० वर्षमुनिका व्यक्तिमा संक्रमणको दर २० प्रतिशतबाट बढेर ४० पुगेको देखिएको समाचार संस्था रोयटर्समा उल्लेख छ ।

अनुसन्धानमा संलग्न सियाटलमा रहेको स्वीडिस क्यान्सर इन्स्टिच्यूडका डा. हेनरी काप्लानले भनेका छन्, ‘पाको उमेरका जस्तो युवाहरु बिरामी भने त्यति परेको देखिएको छैन । तर गम्भीर खालको रोगबाट ग्रस्तहरुमा भने समस्या अधिक देखिएको छ ।’

युवाहरुमा संक्रमण भए पनि बिरामी नपर्ने भएकाले उनीहरुलाई धेरै अवस्थामा आफूलाई भाइरस रहेको थाहा नहुने र त्यसले गर्दा अरुमा संक्रमण फैलिने जोखिम हुने उनले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण भएमा सबैभन्दा बढी मृत्युको जोखिम क्यान्सरका बिरामीमा हुने देखिएको अध्ययनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनका अनुसार कोरोना भाइरसको संक्रमण भएका क्यान्सर रोगीको एक महिना भित्र निधन हुने देखिएको छ । यस्तै हाइड्रोक्सिक्लोरोक्वीन र एजिग्रोमाइसिन नामक एन्टिबायोटिक दिएर उपचार गर्दा कोरोना भाइरस संक्रमिको मृत्यु हुने सम्भावना बढ्ने देखिएको पनि अनुसन्धानकर्ताले बताएका छन् ।

क्यान्सरबाट ग्रसित भएका वा क्यान्सरलाई जितेका ९२८ जनामा कोरोना भाइरस संक्रमित मध्ये १३ प्रतिशतको मृत्यु संक्रमणको ३० दिन भित्र भएको देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार