असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना भाइरसबाट नेपाल बाहेक विश्वभर एक सय २१ नेपालीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण शनिवार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरूको सङ्ख्या एक सय २१ पुगेको छ ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार यो साता थप सात जना नेपालीहरूले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

सङ्घका अनुसार युएईमा एक जना, युकेमा एक जना, अमेरिकामा एक जना, बहराइनमा दुई जना, कुवेतमा एक जना र साउदी अरबमा एक जना नेपालीको कोरोनाका कारण ज्यान गएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार हालसम्म सबैभन्दा बढी बेलायतमा ६६ जना गैर आवासीय नेपालको मृत्यु भएको छ भने संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको निधन भएको छ ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको १७ , साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई , कतारमा एक, आयरल्यान्डमा एक, जापानमा एक, टर्कीमा एक, नेदरल्याण्डस्मा एक र स्विडेनमा एक जना नेपालीले ज्यान गुमाएको समितिले जनाएको छ ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सापकोटाका अनुसार नेपाल बाहेक कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, स्विडेन, नेदरल्याण्ड लगायतका ३४ देशका १४ हजार चार सय २५ जना गैर आवासीय नेपालीहरू कोरोनाबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये चार हजार पाँच सय भन्दा बढी नेपालीहरू कोरोना भाइरसबाट मुक्त भएका छन् ।

यो साता डेनमार्क र टर्कीमा नेपालीमा नयाँ सङ्क्रमण देखिएको समितिलाई उदृत गर्दै उच्च स्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार