असार २३, २०८२ सोमबार July 7, 2025

आन्दोलन हिंसात्मक बन्दै गएपछि अमेरिकाका विभिन्न शहरमा कर्फ्यू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आन्दोलन हिंसात्मक बन्दै गएपछि अमेरिकाका विभिन्न शहरमा कर्फ्यू जारी भएको छ । ४६ वर्षका अश्वेत व्यक्ति जर्ज फ्लोइडको मिनेशोटा राज्यको मिनियापोलसमा रहेको प्रहरी चौकीमा निधन भएपछि त्यसको विरोधमा अमेरिकाका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ ।

फ्लोइडलाई गएको सोमबार प्रहरी अधिकारीले घाँटीमा घुँडाले थिचेर पक्राउ गर्दै गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विरोध प्रदर्शन सुरु भएको हो ।

फ्लोइडको प्रहरी हिरासतमै निधन भयो । उनको हत्या अभियोगमा बर्खास्तमा परेका घाँटी थिच्ने प्रहरी अधिकारीलाई पक्राउ गरी मुद्दा चलाइएको छ । तर पनि मिनेशोटासहित अमेरिकाका विभिन्न शहरमा प्रदर्शन जारी छ ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्ने तथा प्रहरी चौकी र सवारी साधान तोडफोड एवम् आगजनी गरिरहेका छन् । विभिन्न स्थानमा लुटपाट पनि भएका छन् ।

प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नेसहितका उपायहरु गरिरहेको छ । तर पनि अवस्था नियन्त्रण भन्दा बाहिर गएपछि मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भएको छ । कर्फ्यू तोडेर पनि विभिन्न शहरमा प्रदर्शन भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार