असार ३२, २०८२ बुधबार July 16, 2025

प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित

सभामुखले पटक पटक बैठक सञ्चालन गर्न सघाउन आग्रह गरेपनि एमालेले नाराबाजी नरोकेपछि बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरोध गरेको हो ।

बैठकको सुरुमै उठेर विरोध जनाएका एमाले सांसदहरूको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मङ्गलबारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरूको विरोध जारी रहने बताउनुभयो ।

सांसद थापाले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरू पनि उठेर विरोध जनाएका थिए । सभामुखले पटक–पटक बसेर बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गरेपनि सांसदहरू नबसेपछि अवरोधकै बिचमा सांसद थापाले आफ्नो भनाइ टुङ्ग्याउनुभएको थियो । लगत्तै एमाले सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

सभामुखले पटक पटक बैठक सञ्चालन गर्न सघाउन आग्रह गरेपनि एमालेले नाराबाजी नरोकेपछि बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको आगामी बैठक साउन २६ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया