भाद्र २, २०८३ मंगलबार August 18, 2026

च्याटजीपीटी अब एन्ड्रोइड भर्सनमा पनि डाउनलोड गर्न मिल्ने, यसरी चलाउनुहोस्

जसरी मोबाइलमा भएका अन्य एपहरू सजिलै प्रयोग गर्न सकिन्छ, त्यसरी नै च्याटजीपीटीको एप पनि प्रयोग गर्न सकिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा पनि ‘च्याटजीपीटी’को एन्ड्रोइड भर्सन डाउनलोड गर्न मिल्ने भएको छ। अघिल्लो साता मात्र भारत, अमेरिका, ब्राजिल र बङ्गलादेशमा उपलब्ध एन्ड्रोइड भर्सनको एप अन्ततः सोमबारदेखि नेपालमा पनि उपलब्ध भएको हो।

यदि तपाईंले पहिले नै रजिस्टर गर्नु भएको छ भने एप स्वतः तपाईंको डिभाइसमा इन्स्टल भइसकेको होला। प्ले स्टोरमा च्याटजीपीटीका थुप्रै नक्कली एप भएकाले प्रयोगकर्ता झुक्किने सम्भावना उच्च सम्भावना रहेको छ । त्यसैले भरसक लिङ्कमार्फत एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

यदि एप सर्च गर्नुभयो भने पनि डेभलपरमा ओपनएआई भए नभएको निश्चित गर्नुपर्ने हुन्छ । जसरी मोबाइलमा भएका अन्य एपहरू सजिलै प्रयोग गर्न सकिन्छ, त्यसरी नै च्याटजीपीटीको एप पनि प्रयोग गर्न सकिन्छ ।

विशेषगरी ब्राउजरमा च्याटजीपीटीको साइटमा गएर च्याटजीपीटी प्रयोग गर्ने हो भने धेरै झन्झटिलो लाग्न सक्छ । त्यसैले एप नै डाउनलोड गरी प्रयोग गर्दा  भने निम्न प्रकारका फाइदाहरु लिन सकिन्छ।

१.बारम्बार लगइन गर्नु नपर्नेः च्याटजीपीटी वेबसाइट प्रयोग गर्दा अकाउन्ट कतिबेला लग आउट हुन्छ भन्न एकिन थिएन। त्यसैले पनि बारम्बार अकाउन्ट लगइन गरिरहनु पर्ने हुन्छ। तर,एपमा भने त्यस्तो समस्या हुने छैन एक पटक लगइन गरेपछि पुग्छ।

२.युजर फ्रेन्ड्ली इन्टरफेसः च्याटजीपीटीको वेबसाइट प्रयोगकर्ताका लागि उपयोगी भए पनि इन्टरफेस त्यति राम्रो छैन। किनभने वेबसाइटको इन्टरफेसमा च्याटजीपीटीले के-के गर्न सक्छ,के गर्न सक्दैन भन्ने कुरा उल्लेख गरेको छ।

बारम्बार वेबसाइटमा त्यही सूचना देख्दा प्रयोगकर्ता कुनै न कुनै रूपमा यूआईबाट दिक्क भएका थिए। तर एपमा भने सामान्य इन्टरफेस मात्र राखिएको छ। एप खोल्ने बित्तिकै सोझै च्याट गर्न सकिनेछ।  एपका अन्य फिचरहरू भने वेब भर्सनको च्याटजीपीटीको जस्तै रहेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार