असार ३२, २०८२ बुधबार July 16, 2025

राष्ट्रियसभा बैठक आज बस्दै

आजको बैठक कार्यसूची अनुसार सञ्चालन हुनेमा आशङ्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राष्ट्रियसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने कार्यसूची तय भएको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्ने उल्लेख छ ।

नेकपा एमालेले दुवै सङ्घीय संसद्मा अवरोध गर्दै आएकोले आजको बैठक कार्यसूची अनुसार सञ्चालन हुनेमा भने आशङ्का कायमै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया