भाद्र ८, २०८३ सोमबार August 24, 2026

गण्डकी प्रदेशसभा बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ। ‘बिजनेस’ नभएपछि बैठक दुई पटकसम्म स्थगन भएको थियो। आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताए। यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस दिन नसकेपछि स्थगन भएको थियो।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरूरी सार्वजनिक महत्वका दुई वटा प्रस्ताव पनि प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ।

प्रदेश सभाको दोस्रो कार्यकाल सुरू भएको सात महिना बितिसक्दा पनि ‘मिनी संसद’ मानिने विषयगत समिति अझै गठन हुनसकेको छैन। प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेश सभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहनेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
गृहिणीदेखि उद्यमीसम्म : मधेसमा बढ्दै महिला सहभागिता
२०८३ भाद्र ८, सोमबार
अमेरिकन प्रतिनिधिसँग प्रधानमन्त्रीले भेटे नभेटको बारेमा संसदमा प्रश्न
२०८३ भाद्र ८, सोमबार
युक्रेनलाई हवाई रक्षा जुटाउन युरोपेली समर्थक एकजुट
२०८३ भाद्र ८, सोमबार