श्रावण १९, २०८३ मंगलबार August 4, 2026

चलचित्र ‘उपहार’ मा ‘एनप्लस प्रोफेसनल’ ब्युटी प्रोड्क्ट्सले सहकार्य गर्ने

रेखा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘उपहार’ लाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नायिका रेखा थापाको ‘उपहार’ मा भारतको चर्चित ब्राण्ड नन्दीनी हर्बलको उत्पादन ‘एनप्लस प्रोफेसनल’ ब्युटी प्रोड्क्ट्सले सहकार्य गर्ने भएको छ।

सोमबार एनप्लस प्रोफेसनलका बजार व्यवस्थापक पदम शर्मा, प्रोड्क्ट्सकी ब्राण्ड एम्बासडर बिना श्रेष्ठ र रेखा थापाबिच सहकार्य गर्ने सम्झौता भएको हो। ‘त्यसो त एनप्लस प्रोफेसनल महिला–पुरुष दुबैले प्रयोग गर्न सक्छन्। यद्यपी, ब्युटी प्रोड्क्ट्स भएकाले नारीप्रधान चलचित्रमा नै सहकार्य गर्न पाउँदा एकदमै खुसी लागेको छ’, एनप्लस प्रोफेसनलकी ब्राण्ड एम्बासडर तथा संचारकर्मी बिना श्रेष्ठ बताउँछिन्।

रेखा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘उपहार’ लाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन्। चलचित्रले ३ महिला पात्रको कथा बोल्छ जसका लागी नायिकाहरु रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल फाइनल भईसकेका छन्। नायकको रुपमा भने मुकुन भुषाल र ‘मिस्टर नेपाल’ समर्पण कार्कीले काम गर्दैछन्।

एक जना नायक फाइनल गरेसँगै चलचित्रका मुख्य कलाकारहरुको लाइनअप पुरा हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया