भाद्र ८, २०८३ सोमबार August 24, 2026

गण्डकी प्रदेशसभा बैठक : बाढीपहिरो प्रभावितलाई राहत उपलब्घ गराउन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : गण्डकी प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यले बाढीपहिरोका प्रकोप एवम् विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले कुश्मीसेरादेखि बरेङसम्मको सडकखण्डमा पहिरोका कारण निर्माण सम्पन्न भइसकेका ठाउँमा पनि थप भत्कने गरेको जनाउँदै ती स्थान संरक्षण गर्नुपर्ने देखिएको बताउनुभयो ।

ती स्थानको संरक्षणका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्दा अहिले अख्तियारी आइनसेका कारण तत्काल मर्मत गर्न नसकिने जानकारी आएको र तत्काल बाधा अड्काउ फुकाउ गरी गरी उचित प्रबन्ध आवश्यक भएको उहाँले बताउनुभयो ।

सदस्य दमयन्ती रुचालले बैंक, वित्तीय संस्था एवम् सहकारीबाट पछिल्ला समयमा व्यवसायी एवम् सर्वसाधारण ऋण असुलीका नाममा मारमा परिरहेको जनाउँदै यसबारे तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य बेदबहादुर गुरुङले बाढीपहिरोका कारण प्रदेश सरकारबाट सम्पन्न भएका सडक निर्माण सम्पन्न भएर पनि बिग्रने भत्कने गरेको जनाउँदै तिनीहरूको नियमित संरक्षणका लागि प्रदेश सरकारले ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

अर्का सदस्य विन्दु पौडेलले गण्डकी प्रदेश अन्तर्गतका विभिन्न सहकारीबाट जनताको रकम नदिने गरेको गुनासो आएको जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी सदस्य सीताकुमारी सुन्दासले बाढीपहिरोबाट प्रभावित भई घर भत्केर घरबारविहीन नागरिकलाई पालिका, प्रदेश र सङ्घबाट एकमुष्ठ रु चार लाख दिने भनेर कार्यविधिसमेत आइसकेका अवस्थामा पीडित व्यक्तिले उक्त सुविधा नपाउने गरेको बताउनुभयो ।

कतिपयले पहिलो किस्ताबापत ७५ हजार पाए पनि निर्माण सम्पन्न भइसक्दा पाउनुपर्ने बाँकी रकम अझै पाउन नसकेको गुनासो आएकोमा सरकारको ध्यानकर्षण गराउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
गृहिणीदेखि उद्यमीसम्म : मधेसमा बढ्दै महिला सहभागिता
२०८३ भाद्र ८, सोमबार
अमेरिकन प्रतिनिधिसँग प्रधानमन्त्रीले भेटे नभेटको बारेमा संसदमा प्रश्न
२०८३ भाद्र ८, सोमबार
युक्रेनलाई हवाई रक्षा जुटाउन युरोपेली समर्थक एकजुट
२०८३ भाद्र ८, सोमबार