भाद्र ८, २०८३ सोमबार August 24, 2026

कोशी प्रदेश सभामा आर्थिक अध्यादेश सर्वसम्मत पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोशी प्रदेश सभाले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मत पारित भएको छ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ८१ को उपनियम (१) बमोजिम ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८० ८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ पारित गर्नका लागि आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले प्रस्ताव गरेका थिए।

उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्ताव पेश गर्दा शुक्रबारको बैठकमा सहभागी पक्ष र प्रतिपक्षका सदस्यले विरोध गरेनन्। मन्त्री गौतमले प्रदेशको समृद्धि र विकासका निम्ति एक अर्कामा सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्दै विकास र समृद्धिका निम्ति साझा संकल्प लिनुपर्ने धारणा राखे।

बैठकमा उपसभामुख दनुवारले निवर्तमान सभामुख बाबुराम गौतमले सभामुख पदबाट दिएको राजीनामा पत्र र प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्री  तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र वाचन गरेर सुनाउनुभएको थियो।

प्रदेश सभाको अर्को बैठक भदौ ४ गते दिउँसो १ बजे बस्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
गृहिणीदेखि उद्यमीसम्म : मधेसमा बढ्दै महिला सहभागिता
२०८३ भाद्र ८, सोमबार
अमेरिकन प्रतिनिधिसँग प्रधानमन्त्रीले भेटे नभेटको बारेमा संसदमा प्रश्न
२०८३ भाद्र ८, सोमबार
युक्रेनलाई हवाई रक्षा जुटाउन युरोपेली समर्थक एकजुट
२०८३ भाद्र ८, सोमबार