भाद्र १, २०८३ सोमबार August 17, 2026

गोसाइँकुण्डमा टेलिफोन सेवा पुन:सञ्चालन

गोसाइँकुण्डमा उपलब्ध मोबाइल सेवाबाट एक साथ ५० जनाले कुरा गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रसुवाको पवित्र तीर्थ गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल टेलिकम रसुवा शाखाका निमित्त प्रमुख एविन खत्रीका अनुसार नेपाल टेलिकम स्याटलाइट विभागमार्फत प्राप्त टु जि प्रविधिको उपकरण जडान गरी गोसाइँकुण्डमा मोबाइल सञ्चालनमा ल्याएको हो ।

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा उपकरण पुर्‍याउन टेलिकमलाई असहज भइराखेको अवस्थामा गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले उनको निजी खर्चबाट एक टनभन्दा बढी परिमाणको ती उपकरण ढुवानी गरी जनहितमा सहयोग गरेको हो । अबका दिनमा तीर्थ जाँदा बिरामी परे हेलिकप्टर वा अन्य स्थानबाट मानवीय सहयोग माग्न सहज भएको छ ।

गोसाइँकुण्डमा उपलब्ध मोबाइल सेवाबाट एक साथ ५० जनाले कुरा गर्न सक्ने बताइएको छ । सांसद आचार्यमार्फत गोसाइँकुण्डमा सामान ढुवानी हुँदासाथ आठ प्राविधिकले जडान गरेको र मेला अवधिका लागि भने जेनेरेटरबाट ब्याट्री चार्ज हुने जनाइएको छ । यही भदौ १० गते अपराह्नदेखि जडान सम्पन्न उपकरणले निर्बाध सेवा दिन थालेको प्राविधिकले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बडीमालिका पूजा आजदेखि प्रारम्भ
२०८३ भाद्र १, सोमबार
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ थुनामुक्त
२०८३ भाद्र १, सोमबार
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १, सोमबार
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल
२०८३ भाद्र १, सोमबार
राष्ट्रियसभाः विपद् व्यवस्थापनसहित समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ भाद्र १, सोमबार
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र १, सोमबार