असार २३, २०८२ सोमबार July 7, 2025

पाकिस्तानमा कोरोनाबाट एक मन्त्रीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ: विश्व महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ । सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मन्त्री बलोचको उपचार कराँचीस्थित एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भइरहेको थियो । मन्त्रीको मृत्युको खबर सिन्ध प्रान्तका मुख्यमन्त्री मुरद अली शाहले शोक व्यक्त गर्दै जानकारी गराएका हुन् ।

‘कोरोनाबाट बलोचको निधन भएको छ’, मुख्यमन्त्री शाहले भनेका छन्, ‘उनी पार्टीका मेहनती र कर्मठ सदस्य थिए। उनको प्रतिस्थापन गर्न कठिन हुनेछ ।’ अक्टोबर २०१८ देखि मन्त्री रहेका बलोचलाई मे १४ मा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।

मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पीपीपी)को कराँची अध्यक्षसमेत थिए । उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए । पीपीपीका अध्यक्ष बिलावल भुट्टो र मुख्यमन्त्री मुरादले मुर्तुजाको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

गत डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोनाबाट हालसम्म पाकिस्तानमा १ हजार ६२१ को मृत्यु भइसकेको छ । त्यस्तै ७६ हजार ३९८ संक्रमित हुँदा २७ हजार ११० निको भइसकेका छन् ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार