श्रावण १, २०८२ बिहिबार July 17, 2025

प्रतिनिधीसभा बैठक : केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  प्रतिनिधि सभाको आजको बैठकले “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

स्वीकृत भएसँगै विधेयकमाथि संशोधन पेश गर्न चाहने सांसदहरुले संघीय संसद् सचिवालय सिंहदरबारमा संशोधन हाल्न सक्ने सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो ।

बैठकमा सभामुख घिमिरेले एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टिमलाई प्रतिनिधि सभा र आफ्नो व्यक्तिगत तर्फबाट शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ २१ गते विहीबार दिउँसो १ बजे बस्ने छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया