श्रावण १९, २०८३ मंगलबार August 4, 2026

समिक्षा अधिकारीको म्यूजिक भिडियो ‘भन्छन् स्वामीले’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हिन्दु नारीहरुको पवित्र पर्व हरितालिका तीज नजिकिदै गर्दा कलाकारहरुले यससँग सम्बन्धित गीति सामाग्रीहरु सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ ।

यसै क्रममा गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो पुस्तामाझ चर्चामा रहेका गायक तथा संगीतकार ताराबीर पाण्डेको संगीत रहेको उक्त गीतमा गणेश सुबेदीको शब्द रहेको छ भने राजिव शाहले एरेञ्ज तथा मिक्सिङ र मास्टरिङ गरेका छन् ।

भिडियोमा भने मोनिका बुढाथोकी र सबिन घिमिरेले श्रीमान–श्रीमतीको रुपमा अभिनय गरेका छन् । मोनिकाको नृत्य तथा सबिनको अभिनय मौलिक रहेको छ ।

निर्देशक तथा कोरियोग्राफर सुरेश पाण्डेले भिडियोलाई पारिवारिक र सभ्य बनाएका छन् । बन्दे प्रसादको सम्पादन रहेको भिडियोको कलर ग्रेडिङ भने राजेन्द्र मोक्तानले गरेका छन् ।

प्रायजसो तीजका गीतहरु काठमाडौंको कुनै पार्टी प्यालेस वा कुनै मन्दिरको प्रांगणमा छायाँकन गरेर सकिने परम्परालाई छोडेर यो गीतको भिडियो भने इलामको चपेटी, झापाको सुरुंगास्थित धनुषकोटी र दोमुखाका रमणीय स्थलहरुमा गरिएको छ ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार