काठमाण्डौंः राष्ट्रियसभाको बैठक सूचना जारी गरेर स्थगित भएको छ । अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो । राष्ट्रियसभामा विजनेस नभएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
राष्ट्रियसभामा अहिले जम्मा ३ वटा विधेयक छन् ।अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन पेस भैसकेको छ । सो विधेयकमाथि गृहमन्त्रीले अध्ययन गर्न समय मागेका छन् ।
विद्युतीय कारोबारसम्बन्धी विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन् । राष्ट्रियसभाबाट प्रतिनिधिसभामा गएका ८ वटा विधेयक फिर्ता आएका छैनन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया