कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

शाहरूखकाे जवान दोस्रो दिनमा नै १०० करोडको क्लबमा सामेल

शाहरुख खानको जवानमा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा, प्रियामणी, योगी बाबु, सुनील ग्रोवर र रिद्धि डोगरा महत्वपूर्ण भूमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः शाहरुख खानको जवान कस्तो छ  ? जवानको बक्स अफिस कलेक्शन कस्तो छ ?  के जवान हिट हो ? जवानले १०० करोड रुपैयाँ कहिले पार गर्नेछ ? शाहरुख खानको ‘जवान’ रिलिज भएपछि यस्ता प्रश्नहरु धेरै सुनिन थालेका छन् ।

यद्यपि किङ खानले पनि फ्यानको यी प्रश्नको उत्तर दिदै बक्स अफिसमा पहिलो दुई दिनमै १०० करोडको क्लबमा सामेल भएको छ ।

Jawan Movie Review And Rating: Shah Rukh Khan Stands Class Apart In This  Electrifying Action Entertainer Blended With Iconic Moments

यति मात्र होइन, पहिलो दिनको तुलनामा फिल्मको कमाई भने कम छ । तर शाहरुख खानको फिल्मले विश्वभर राम्रो कलेक्सन गरेको छ, त्यसपछि फिल्मले पहिलो साताको अन्त्यमा कति कमाई गर्छ त्यो हेर्नु रोचक हुनेछ ।

बक्स अफिस ट्रयाकर सचनिल्कको प्रारम्भिक तथ्याङ्क अनुसार जवानले दोस्रो दिन ५३ करोड भारु कमाएको छ, त्यसपछि भारतमा फिल्मको कलेक्सन १२७.५० करोड भारतीय रुपैयाँ बराबर पुगेको छ । ५३ करोड मध्ये ४७ करोड हिन्दी भाषाको छ। तर, यो आंकडा पनि ५० करोड भारतीय रुपैयाँ हुनसक्ने अनुमान छ ।

कमाईको कुरा गर्ने हो भने जवानले पहिलो दिन ७४.५ करोड भारतीय रूपैयाँ कमाएको थियो, जसमध्ये फिल्मले हिन्दीमा ६५.५ करोड, तमिलमा ५.३ करोड र तेलुगुमा ३.७ करोड कमाएको थियो । यो कमाईसँगै बलिउड फिल्म उद्योगमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने पहिलो हिन्दी फिल्मसमेत बनेको छ ।

शाहरुख खानको जवानमा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा, प्रियामणी, योगी बाबु, सुनील ग्रोवर र रिद्धि डोगरा महत्वपूर्ण भूमिकामा छन् । जहाँ दीपिका पादुकोण र सञ्जय दत्तको जबरदस्त क्यामियो देखिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार