असार २३, २०८२ सोमबार July 7, 2025

दक्षिण एसियामा कोरोनाबाट भुटान सबैभन्दा कम प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियाली राष्ट्रहरु नराम्रोसँग प्रभावित बनेका छन्।

दक्षिण एसियामा अन्य देशको तुलनामा भुटान कम प्रभावित देखिएको छ। हालसम्म भूटानमा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तर अन्य देशमा भने संक्रमितको संख्या दिन प्रतिदिन उकालो लागिरहेको छ।

दक्षिण एसियाका आठ देशमध्ये भारत सबैभन्दा बढी प्रभावित भएको छ। हालसम्म भारतमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजारभन्दा बढी छ भने ६ हजार ३ सय ६७ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ।

यस्तै पाकिस्तानमा कोरोना संक्रमितको संख्या झण्डै ९० हजार पुगेको छ भने १ हजार ८ सय ३८ जनाले ज्यान गुमाएका छन्। बंगलादेशको अवस्था पनि डरलाग्दो छ। अहिलेसम्म बंगलादेशमा ६० हजारभन्दा बढी कोरोना संक्रमित बनेका छन् भने ८ सय ११ जनाको मृत्यु भएको छ।

यसैगरी अफगानिस्तानमा कोरोना संक्रमितको संख्या झण्डै १९ हजार पुगको छ भने ३ सय ९ जनाले ज्यान गुमाएका छन्।

दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ। हालसम्म नेपालमा २ हजार ६ सय ३४ जनामा कोरोना पुष्टि भएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।

यस्तै माल्दिभ्समा अहिलेसम्म १८ सय ७२ जनामा कोरोना देखिदा ७ जनाको मृत्यु भएको छ भने श्रीलंकामा १७ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ भने ११ जनाले ज्यान गुमाएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार