श्रावण १, २०८२ बिहिबार July 17, 2025

प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित

स्थगित बैठक आगामी असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार(आज) सभामुख देवराज घिमिरेले असोज १४ गते, आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी गराउनुभयो।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको थियो। उहाँले आफ्नो चीन र अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुभएको थियो। प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। प्रचण्डले अमेरिकाबाटै आफू छिमेकी राष्ट्र चीनको भ्रमणमा जाने बैठकमा जानकारी गराउनुभयो।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तुत गर्नुभएको थियो। मन्त्री गुरुङले प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधि सभा बैठकले स्वीकृत गर्‍यो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार
पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड
२०८२ श्रावण १, बिहिबार
पदच्यूत नेता हसिनाका समर्थकसँग बङ्गलादेशी सेनाको झडप, चार जनाको मृत्यु
२०८२ श्रावण १, बिहिबार
सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्यो
२०८२ श्रावण १, बिहिबार
उच्च अदालत तुलसीपुरमा आर्थिक वर्ष २०८१/८२ मा ८५ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट
२०८२ श्रावण १, बिहिबार