कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

बाल गायक आयनको ‘गुनगुनाउँछु गीतहरु’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरु’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत लेखु सहयात्रीको शब्द, गायक तथा संगीतकार तथा संगीत प्रशिक्षक अमृत छेत्रीको संगीत तथा योगेश काजीको संगीत संयोजनमा गीत तयार भएको हो ।

गीतको भिडियो वरिष्ठ गीतकार एवं चिकित्सक डा भोला रिजाल, वरिष्ठ गीतकार तथा पूर्वसचिव शङ्कर कोइराला, गायक प्रेमराजा महत, ट्रमा सेन्टरका निर्देशक डा बद्री रिजालको उपस्थितिमा विमोचन गरिएको छ ।

तीन वर्षदेखि सुरशाला सङ्गीत विद्यालय झम्सिखेलमा गायक तथा सङ्गीतकार अमृत छेत्रीसँग गायन प्रशिक्षण लिँदै आएका बाल प्रतिभा आयन पौडेलले आगामी दिनमा पनि गीत सङ्गीत क्षेत्रमा सक्रिय रहने बताए ।

बुबा नलराज र आमा अनिताको प्रेरणामा गीत सङ्गीतको क्षेत्रमा लागेको जनाउँदै बाल गायक पौडेलले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा गीतकार एवं चिकित्सक डा भोला रिजाल, गीतकार तथा पूर्वसचिव शङ्कर कोइराला, गायक प्रेमराजा महतले बाल गायक पौडेलमा नेपाली सङ्गीत क्षेत्रका लागि आशालाग्दो सम्भावना रहको बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार