श्रावण १९, २०८३ मंगलबार August 4, 2026

फिल्म ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

‘तिम्रो जुनेली रूप’ बोलको रोमान्टिक थिमको गीतमा अर्पण र आरजुको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अर्पण गिरी (अरमान जंग)को डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक ‘तिम्रो जुनेली रूप’ बोलको रोमान्टिक थिमको गीतमा मुख्य कलाकार अर्पण गिरी र आरजु प्रसाई फिचर्ड छन् ।

गीतमा निर्देशक गिरीको शब्द रचना र स्वर छ भने जोन तामाङ र निर्देशक गिरी स्वयंको सङ्गीत छ ।आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्ममा किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बाल कलाकार मास्टर अमित पौडेलसहित विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

गिरी ग्राण्ड फिल्म्सको प्रस्तुति रहेको फिल्ममा निर्देशक गिरी स्वयंको लेखन छ भने विनोद सापकोटाको छायाङ्कन, शङ्कर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, नारायण रिजालको नृत्य निर्देशन, बन्दे प्रसादको सम्पादन छ । युवराज गिरीको एकल निर्माण रहेको फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दै छन् । ‘वानर सेना’को कथा पौराणिक रहेको निर्देशक गिरीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार