श्रावण १९, २०८३ मंगलबार August 4, 2026

‘लभ सूत्र’को टिजर र फस्टलुक सार्वजनिक (भिडियो हेर्नुहोस्)

असोज २९ गते सार्वजनिक हुने र त्यही दिनबाट संसार भरबाट सब्स्क्रीप्सन लिएर मोबाइल फोन, वेव र स्मार्ट टिभीमा सिरिज हेर्न मिल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः पछिल्लो समय नेपाली डिजिटल मार्केटमा ओटीटी प्लेटफर्मको आवश्यकताको चर्चा भइरहँदा कान्तिपुर फिल्म एकेडेमीले यही दसैबाट स्ट्रिमिङ सुरु गर्न लागेको छ । ओटीटीका लागि कान्तिपुर सिनेमाजले केही हप्ता अगाडी नेपाली ओरिजीनल सिरिज भनेर ब्रह्माण्ड र मिस स्कार्लेटको टिजर सार्वजनिक गरेको थियो ।

यस्तै, कान्तिपुर सिनमाजले सोमबार शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली र रवीन्द्र झा स्टारर सिरिज ‘लभ सूत्र’को टिजर र फस्टलुक सार्वजनिक गरेको छ ।

सार्वजनिक ३७ सेकेन्डको फस्ट लुक टिजर र कलाकारको लाइनअप हेर्दा सिरिज रोमान्टिक लभ स्टोरी र कमेडी बनेको देख्न सकिन्छ । भि मोसन पिक्चर्स र ओएसआर डिजिटलले मिलेर बनाएको सिरिजलाई निरोज महर्जनले निर्देशन गरेका हुन् ।

३० देखी ४० मिनेटको ५ वटा एपीसोडकोे यस सिरिजको फुल ट्रेलर यही असोज २९ गते सार्वजनिक हुने र त्यही दिनबाट संसार भरबाट सब्स्क्रीप्सन लिएर मोबाइल फोन, वेव र स्मार्ट टिभीमा सिरिज हेर्न मिल्ने बताइएको छ ।

कान्तिपुरको ओटीटीले सार्वजनिक गरेको कन्टेन्टको टिजरहरु हेर्दा केही फरक फरक जनराको स्टोरीहरू हेर्न पाइन्छ जस्तो देखिएको छ । यसरी बिग स्केलमा ओटीटी प्लेटफर्म आउँदा पक्कै पनि हलको पहुँच नभएका दर्शकलाई नयाँ नयाँ फिल्महरू हेर्न पाउने र फिल्मको डिजिटल बजार बढ्ने कुरामा कान्तिपुर फिल्म एकेडेमी आशावादी रहेको छ ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार