असार २२, २०८१ शनिबार July 6, 2024

न्युजील्याण्डले कसरी जित्यो कोरोना ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२६ जेठ, काठमाडौँ । न्युजील्याण्डमा लगातार १७ दिनसम्म कोरोना संक्रमण शुन्य देखिएको छ ।

लगातार कोरोना संक्रमित नदेखिएपछि अब न्युजील्याण्ड लकडाउन लगायतका सबै प्रतिबन्ध हटाएर पूर्णरुपमा खुला हुनेतर्फ अगाडी बढेको छ ।

अन्तिम कोरोना भाइरस संक्रमणको केस भेटिएको १७औ दिनसम्म पनि कोरोना संक्रमित नदेखिएको बताइएको छ । यस अवधिमा ४० हजार नागरिकको टेस्ट गरिएको छ ।

प्रधानमन्त्री जसिन्डा अर्ड़ेनले संक्रमण नदेखिएपनि सीमा क्षेत्रको निगरानी तथा क्वारेन्टाइन र आइसोलेसनलाई भने तयारी अवस्थामा नै राखिने बताएकी छन् । उनले कोरोना भाइरस फेरी देखिन सक्ने भन्दै यसको प्रकृति नै त्यस्तो भएकोले सबै सचेत र तयारी अवस्थामा नै रहनुपर्नेमा जोड दिएकी छन् ।

न्युजील्याण्डमा आजदेखि लकडाउन खुकुलो हुदै छ भने धेरै जसो बजार र उद्योग खुल्दै छन् । न्युजील्याण्डका लागि समयमा प्रधानमन्त्री अर्ड़ेनले एक्सन लिएका कारण संक्रमण फैलिन नपाएको बताइएको छ । शुरुवातमै लकडाउन कडा रुपमा कार्यान्वयन गरेपछि कोरोना रोकथाममा महत्वपूर्ण भूमिका खेलेको देखीएको छ ।

न्युजील्याण्डमा अहिलेसम्म १५ सय ४ जना संक्रमित छन् भने अहिले सबै जना ठिक भएका छन् । त्यस्तै कोरोनाबाट न्युजील्याण्डमा २२ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया