असार २४, २०८२ मंगलबार July 8, 2025

सर्पले किन काँचुली फेर्छ ? जानीराखौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्प देख्दा सबैलाई डर लाग्छ । सर्प देख्दा डर लाग्नु स्वभाविक पनि हो । कतिपय सर्पहरु यति विषालु हुन्छन् कि टोकेपछि तत्काल उपचार नपाए मानिसको ज्यानै जान्छ ।

नेपालमा सर्पको टोकाइबाट वर्षेनी धेरै मानिसहरुले ज्यान गुमाउने गरेको समाचारहरू पनि हामी सुन्दै- देख्दै आइरहेका छौँ । सर्पले काँचुली फेर्ने गरेको पनि हामीलाई थाहा छ । आज हामी सर्पले किन काँचुली फेर्छ भन्ने विषयमा चर्चा गर्छौँ । यसबारे धेरैलाई थाहा नहुन सक्छ ।

जसरी मानिस कपडा फेर्छन्, त्यसरी नै सर्पले पनि काँचुली फेर्ने गर्छ । सर्पले आफ्नो छाला खराब भएपछि वर्षमा तीनदेखि चार पटकसम्म काँचुली फेर्ने गर्छ । काँचुली फेर्दा सर्पको छाला सफा हुने र कुनै संक्रमण भएमा पनि निको हुने गर्छ । जसरी पुरानो मृत छाला को ठाउँमा नयाँ छालाले ठाउँ लिन्छ, सर्पको पनि त्यस्तै पुरानो काँचुली गएपछि नयाँ काँचुली पलाउँछ ।

काँचुली फेर्दा सर्पको आँखालाई ढाकेर रहेको पारदर्शी झिल्लीसमेत शरीरको माथिल्लो पत्र पूर्ण रुपमा परिवर्तन हुन्छ । यस अवस्थामा सर्पको आँखा दुधिया र बादल लागेकोजस्तो देखिन्छ  ।

सर्पको आँखा त्यसबेलामा मात्र पारदर्शी झिल्लीबाहिर प्रष्टसँग देख्न सकिन्छ, जब यसले आफ्नो काँचुली फेर्छ । यसरी काँचुली फेर्दा सर्पको आँखालाई ढाकेर रहेको पारदर्शी झिल्लीसमेत शरीरको माथिल्लो पत्र पूर्ण रुपमा परिवर्तन हुन्छ । यस अवस्थामा सर्पको आँखा दुधिलो र बादल लागेकोजस्तो देखिन्छ । यसो हुनुको कारण सर्पको पुरानो काँचुलीको आँखालाई ढाक्ने पारदर्शी झिल्ली र नयाँ झिल्लीको बीचमा निस्कने तरल पदार्थ नै हो ।

यो तरल पदार्थ शरीरबाट पुरानो काँचुलीलाई त्याग्न सजिलो पार्नको लागि निस्कने गर्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार