काठमाण्डौंः डाका मुद्दामा फरार एक अभियुक्तलाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको सुरूङ्गा नगरपालिका–८ बस्ने हरिलाल रामका ३२ वर्षीय छोरा अनिलकुमार राम रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । फरार प्रतिवादी रामलाई इलाका प्रहरी कार्यालय कडोरबोनाबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत राजविराजले विसं २०७१ असार १७ गतेको गरेको फैसलामा डाका मुद्दामा रामलाई अदालतले तीन वर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका उनलाई जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको छ । लागुऔषधसहित युवक पक्राउ सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाबाट ठूलो परिमाणको लागुऔषधसहित एक युवक सोमबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदह बस्ने २२ वर्षीय अनिलकुमार मण्डल रहेको प्रनाउ तिलक भारतीले बताउनुभयो । पक्राउ परेका उनको साथबाट एस्पोन्जमो प्रोक्सोभोन प्लस नामका तीन हजार १६८ क्याप्सुल, डिलक्स डिसी १०० एमेलका २८ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा खुरहुरियाबाट उनलाई पक्राउ गरिएको हो ।
बा६७प ४८५३ नंको मोटरसाइकलमा लोड गरी दक्षिणबाट उत्तरतर्फ ल्याउँदै गरेको बोरा शङ्का लागि जाँच गर्दा प्रतिबन्धित लागुऔषध बरामद गरिएको हो । पक्राउ परेका उनलाई सप्तरी जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया