श्रावण १९, २०८३ मंगलबार August 4, 2026

अपी हिमशृङ्खलामा छायाङ्कन गरिएको भिडियो ‘आएँ म त’ सार्वजनिक

धनगढीकी कलाकार बोन्दिता धामी र अपीवासीका साथमा भट्टको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपीमा पहिलो पटक छायाङ्कन गरिएको भनिएको म्युजिक भिडियो ‘आएँ म त’ सार्वजनिक भएको छ ।

मौसमका कारण छायाङ्कन गर्न कठिन करिब सात हजार एक सय ३२ मिटर उचाइमा रहेको हिमालको आधार शिविरमा छायाङ्कनको टोली पुर्‍याएर कलाकार एवम् निर्देशक राजु भट्टले उक्त भिडियो सुटिङ गर्नुभएको हो ।

काठमाडौंको वसन्तपुरदेखि दार्चुलाको अपीसम्मका दृश्य समेटेर तयार पारिएको भिडियोमा धनगढीकी कलाकार बोन्दिता धामी र अपीवासीका साथमा भट्टको अभिनय छ । भिडियोले नेपालको प्राकृतिक सौन्दर्य र ग्रामीण जनजीवनलाई श्रव्यदृश्यमार्फत प्रस्तुत गरेको छ ।

सिनेमाटोग्राफर केशव पाण्डेसमेतका मेहनतबाट तयार गरिएको भिडियोले अपी क्षेत्रलगायत समग्र नेपालको पर्यटनको क्षेत्रका लागि कोसेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरिएको छ ।

“संसारभर नै पछिल्ल्लो समय युवाको रोजाइमा एडभेन्चर, ट्रेकिङ एवम् ट्राभलिङसम्बन्धी चलचित्र एवम् कार्यकम पर्ने गरेकामा सो म्युजिकल फिल्मले नेपालको आन्तरिक एवम् बाह्य पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ”, निर्देशक भट्टले भन्नुभयो । म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक सो भिडियो मोबाइल एप र मोमो एपमा समेत उपलब्ध छ । भट्टको आफ्नै शब्द, सङ्गीत र मानश्वी मालाकारको एरेन्ज रहेको गीतमा उनको र ममता गुरुङको स्वर छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार