असार २३, २०८२ सोमबार July 7, 2025

कोरोनाबाट विश्वमा ४ लाखभन्दा बढीको मृत्यु , ७२ लाख संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२७ जेठ, जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ८ हजार ९७५ पुगेको छ ।

साथै यस संक्रमणबाट विश्वभर ७२ लाख १० हजार १९६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार मंगलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३५ लाख ५० हजार ५५९ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ५० हजार ६६२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ७८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख २६ हजार ५९७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा १ लाख १३ हजार ६१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ११ लाख ७६ हजार ५८४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५१ हजार ३३७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ७ हजार ३०१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३६ हजार ७७१ जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख १८ हजार २१६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७९ हजार ५६८ को मृत्यु भएको छ । एसियामा १३ लाख ९९ हजार ४०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३५ हजार ७७० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ९९ हजार ७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ३९० जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार