श्रावण ५, २०८२ सोमबार July 21, 2025

एनसेलले भूकम्प पीडितलाई ५० लाख सहयोग उपलब्ध गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्‍याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व)मा रहेका ग्राहकहरुलाई ४० लाख रुपैयाँ ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराइने निर्णय पनि गरेको शनिबार जनाएको छ ।

यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । समयसीमा १५ दिनको रहने पनि एनसेलले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया