असार २३, २०८२ सोमबार July 7, 2025

उत्तर कोरियाद्धारा दक्षिणसंगका सबै सम्बन्ध तोडेको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । उत्तर कोरियाले दक्षिणसंगका सबै सम्बन्ध तोडेको घोषणा गरेको छ । उत्तर कोरियाले आफ्नो प्रतिद्वन्दीका रुपमा रहेको दक्षिण कोरियासंगको सम्पूर्ण सैन्य र राजनीतिक सम्बन्ध तोडेको घोषणा गरेको हो ।

उत्तरको आक्रोशपूर्ण शब्दहरुका अनुसार दक्षिण कोरियाले शत्रुतापूर्ण गतिविधिको पहिलो सुरुवात गरेको उल्लेख छ । यसबाट सिओल र प्योंङयाङबीचको सम्बन्धमा कटुता आएको छ ।

उत्तरले तोडेको घोषणा गरेको सम्बन्धहरुमा दुवै देशका शीर्ष नेताबीचको हटलाईन टेलिफोन सम्वाद पनि समावेश रहेको छ । उत्तर कोरियाको सरकारी न्युज एजेन्सी केएनसिएले भनेको छ, ‘उत्तर र दक्षिण कोरियाबीचका सबै सम्बन्ध तोडिएका छन ।’

उत्तर कोरियाको सिमा क्षेत्रमा दक्षिण तर्फबाट पर्चाबाजी भएको र त्यसको नियन्त्रणका लागि दक्षिणले कुनै प्रयास नगरेको आरोप उत्तरले लगाएको छ । यहि विषयलाई लिएर सैन्यलगायतका सबै सम्बन्धहरु ताडिएको केएनसिएले जनाएको छ ।

उत्तरको सिमावर्ती शहर कएसोंगमा बनाइएको सम्पर्क कार्यालय पनि मंगलबारदेखि बन्द गरिएको छ । सन २०१८ मा दुवै मुलुकबीच वार्ता सुरु हुँदा तनाव कम गर्ने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको थियो ।

दुवै मुलुकबीच वार्ताको कुनै सम्भावना नरहेको विषयमा जोड दिंदै उत्तर कोरियाली न्युज एजेन्सी केसीएनएले भनेको छ, ‘अब कुनै पनि विषयमा दक्षिण कोरियाली प्रशासनसंग प्रत्यक्ष वार्ता गर्न जरुरी छैन ।

किनकी दक्षिणले हामीलाई निराश मात्रै बनाएको छ ।’ यसअघि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्नो सिमा क्षेत्रमा पर्चाबाजी गर्ने विद्रोहीहरुविरुद्ध कारवाही नगरे दक्षिणसंगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएकी थिइन । दक्षिण कोरियालाई दिईएको यहि चेतावनी पछि उत्तर कोरियाले आफ्नो यस्तो घोषणा सार्वजनिक गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार