जेठ ६, २०८१ आइतबार May 19, 2024

चिकित्सकलाई मात्रै जोडी जुराइदिने वेबसाइट

मेडिको लाइफ पार्टनर नामको भारतीय डेटिङ साइट आजभोलि चर्चामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तपाइले जीवनमा त्यस्ता धेरै वेबसाइटहरू देख्नु भएको होला जसले पुरुष वा महिलालाई विवाहको लागि सुझाव दिन्छन् । यी साइटहरूमा हरेक पेसाका मानिसहरू भेटिन्छन् ।

तर, के तपाईंले कहिल्यै यस्तो डेटिङ साइट देख्नुभएको छ जहाँ केबल एउटै पेसाका मानिसहरूका लागि बनाइएको छ ? डाक्टरहरूका लागि एक विशेष डेटिङ साइट भारतमा चर्चामा छ, जसले डाक्टरहरूलाई मात्र जाेडी मिलाउने काम गरिरहेको छ ।

अडिटी सेन्ट्रल वेबसाइटको रिपोर्टअनुसार मेडिको लाइफ पार्टनर नामको भारतीय डेटिङ साइट आजभोलि चर्चामा छ र सामाजिक सञ्जालमा यसको निकै आलोचना पनि भइरहेको छ ।

डाक्टरहरूलाई मात्र स्वीकार गर्ने मेडिको लाइफ पार्टनर नामक डेटिङ साइटबारे विवाद बढेको हो । यसले वर्गवादलाई बढावा दिएको धेरैले आरोप लगाएका छन् । मेडिको लाइफ पार्टनर एक अनलाइनमार्फ जोडी मिलाइदिने साइट हो जसले पुरुष र महिला डाक्टरहरूलाई उच्च गुणस्तरका साथी खोज्न मद्दत गर्ने दाबी गरिएको छ । वेबसाइटले सबै धर्म, जाति र भूगोलका डाक्टरहरूले दर्ता गर्न सक्ने जनाएको छ । केही हदसम्म भारतमा यो लोकप्रिय भएको देखिन्छ ।

जात, धर्म र समुदायको आधारमा पहिलेदेखि नै विभेद रहेको भारतमा एउटा जागिर र एउटै वर्गको मात्रै प्रचारप्रसार गर्ने साइटको अस्तित्व नै गलत भएको कतिपयको भनाइ छ ।

यस साइटमा दर्ता गर्ने व्यक्तिहरूले निःशुल्क योजना लिन पनि सक्छन् जसमा उनीहरूले अरू कसैको फोन नम्बर देख्न वा सन्देश गर्न सक्दैनन् । ३ हजार८२५ भारु र १८ हजार ९०० भारुको प्याकेज पनि छ जसमा उनीहरुले अझ राम्रो सुविधा पाउँछन् । साइटको विवरणमा पनि केहि लेखिएको छ जुन मानिसहरूलाई आपत्तिजनक लाग्छ । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार