श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रिलिज हुनु अघि नै शाहरूखको डंकीले कमायो १०० करोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बइ, १० मंशिर । शाहरुख खानको फिल्म डंकीको रिलिजको काउन्ट डाउन सुरु भएको छ ।

फिल्मको पहिलो झलकले जादू गर्यो भने अब शाहरुख खानको फिल्मको गीत पनि निकै रमाइलो देखिएको छ । फिल्मको क्रेज जारी छ र शाहरुखले यो वर्षको तेस्रो बिग ब्याङ बनाउन लागेको बताइएको छ ।

शाहरुखको पछिल्लो ६ वर्षको करियरलाई हेर्ने हो भने डंकी  सबैभन्दा कम बजेटको फिल्म हो तर रिलिज हुनुअघि नै सय करोड कमाइसकेको बताइएको छ ।

भारतीय मिडियाका अनुसुार चलचित्रले गैर थिएटर अधिकारबाट रिलिज हुनुअघि नै राम्रो कमाई गरिसकेको छ। अहिलेसम्म करिब १०० करोड कमाइसकेको जनाइएको छ । फिल्मको बजेटको कुरा गर्दा ८५ करोड भारु रहेको बताइएको छ ।

तर, यसमा निर्देशक राजकुमार हिरानी र मुख्य अभिनेता शाहरुख खानको शुल्क भने समावेश छैन । उनले फिल्मको नाफाबाट आफ्नो हिस्सा लिने र यो उनको पारिश्रमिक हुने बताइएको छ ।

फिल्म डंकीलाई दर्शकले जसरी प्रतिक्रिया दिइरहेका छन्, त्यसबाट फिल्मले बक्स अफिसमा हलचल मच्चाउने निश्चित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार