श्रावण १९, २०८३ मंगलबार August 4, 2026

एनिमलको आक्रामक बुकिङ, रणवीर कपुरकाे करिअरकाे सबैभन्दा ठुलाे ओपनिङ हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई, ११ मंशिर । रणवीर कपूर, अनिल कपूर, बबी देओल र रश्मिका मन्डन्ना स्टारर एनिमल र विक्की कौशलको फिल्म साम बहादुर डिसेम्बर १ मा सिनेमाघरमा रिलिज हुने तयारीमा छ, जसको क्रेज सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ ।

जति दिन नजिकिँदै छ, फ्यानहरू बक्स अफिसमा एनिमल कि साम बहादुरबीच कसले बाजी मार्छ भन्ने जान्न उत्सुक छन् । यसैबीच दुवै चलचित्रको अग्रिम बुकिङ सुरु भइसकेकाले सामबहादुरसँग एनिमल टाढा गएको खबर आएको छ ।

बक्स अफिस ट्र्याकर सकनिल्कको तथ्याङ्क अनुसार, एनिमलले भारतभर १ लाख ११ हजार टिकटहरू बेचिसकेको छ, जसमा हिन्दीमा ९०५२६ टिकटहरू, तेलुगुमा २०५९१ टिकटहरू र तमिलमा २०० टिकटहरू छन्। जसका कारण फिल्मले अग्रिम बुकिङमा नै ३.४ करोडको राम्रो कमाई गरिसकेको छ ।

यसपछि यो फिल्म रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनिङ हुने अनुमान गरिएको छ । तीन घण्टा लामो फिल्म एनिमलले ‘ए’ रेटिङ पाएको भए पनि ट्रेलरले पनि निकै माया पाइरहेको छ ।

उता, साम बहादुरको कुरा गर्ने हो भने विक्की कौशलको फिल्मले रिलिज अगावै १२ हजार ८७६ टिकट बिक्री गरिसकेको छ भने अग्रिम बुकिङ कलेक्सन ४४ लाख ७१ हजार पुगेको छ । जबकि यो एनिमलको को तुलनामा धेरै कम छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार