श्रावण १९, २०८३ मंगलबार August 4, 2026

मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ : अभिनेत्री अदिती

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितीको गुनासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अभिनेत्री अदिती बुढाथोकीले आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छिन् ।

अदितीले सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्ना नक्कली तस्बिर र भिडियो सेयर गरेर दुःख दिने काम भएपछि आपत्ति जनाएकी हुन् ।  अदितीले एआईको दुरुपयोग गरेर नक्कली भिडियो तयार पारिएको र त्यसलाई स्न्यापच्याटबाट सयर गरेर आफूलाई दुःख दिने काम भइरहेको बताइन् ।

उनले सामाजिक सञ्जालमा एआईका तस्वीर व्यापक सेयर भएपछि फ्यानहरुलाई यसको जानकारी दिदैँ आफ्नो आधिकारिक पेजलाई मात्र आधार मान्न समेत आग्रह गरेकी छिन् । अदितिले आफूलाई यस्तो गलत कार्यको विरुद्धमा साथ दिन आफ्नो २० लाख भन्दा बढी इन्स्टाग्रामका फलोअर्ससँग आग्रह पनि गरेकी छिन् ।

अदितीले लेखेकी छिन्, ‘अरु मानिसहरूलाई खसाल्न केही मान्छेहरूले गरेको प्रयास देख्दा मलाई निकै दुख लागेको छ । लामो समयदेखि मैले यस्तो हर्कत र प्रयासको सामना गरिरहेको छु । मैले यसलाई रोक्ने प्रयास पनि गरिरहेकी छु । नक्कली स्न्यापच्याट आइडीबाट यस्तो काम भइरहेको छ । साथै, एआई र अरू गलत भिडियोको माध्यमबाट मेरो चरित्र हत्या गर्ने काम भइरहेको छ ।’

पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेर बनाइएका भिडियो र तस्वीर सेयर गर्ने क्रम बढेको छ । यसको मारमा नाम चलेका बलिउड अभिनेत्रीहरु रश्मिका मन्दाना, आलिया भट्ट र काजोल एआईद्वारा निर्मित डीप–फेक भिडियोको सिकार बनिसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार