श्रावण १९, २०८३ मंगलबार August 4, 2026

बबी देओललाइ एनिमलबाट ५ करोड पारिश्रमिक, दर्शकले भने, ‘फिल्म बबाल छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बइ, १५ मंशिर । रणवीर कपुर अभिनित एनिमल रिलिज भएको छ । जसमा बबी देओल खलनायकको भूमिकामा देखिएका छन् ।

फिल्मको ट्रेलरमा बबी देओलको उग्र शैली देख्न सकिन्छ । चलचित्रले एनिमलको अग्रिम बुकिङमा राम्रो प्रतिक्रिया पाइरहेको छ । यदि सबै कुरा मिल्यो भने बबी देओलको यो फिल्म उनको करियरको उत्कृष्ट ओपनिङ फिल्म बन्न सक्छ । विशेष कुरा के छ भने बबी देओलका भाइ सन्नी देओलले पनि यो वर्ष गदर २ मार्फत आफ्नो करियरको ठूलो हिट दिएका थिए ।

तर एनिमलमा बबी देओल र गदर २ मा सन्नी देओलको शुल्कको कुरा गर्ने हो भने दुवैको शुल्क एकदमै उचित छ । गदर २ कम बजेटको फिल्म थियो तर मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने सनी देओलले यो फिल्मका लागि २० करोड भारु पारिश्रमिक लिएको बताइएको छ । बबी देओलको पारिश्रमिक दाजुको भन्दा निकै कम छ । मिडिया रिपोर्टका अनुसार बबी देओलले फिल्म एनिमलका लागि ५ करोड भारु पारिश्रमिक लिएको बताइएको छ । अर्थात सन्नी देओल र बबी देओलको यो वर्षको शुल्कमा १५ करोडको फरक छ ।

फिल्म एनिमलको कुरा गर्ने हो भने, एनिमलले सेन्सर बोर्डबाट ‘ए’ सर्टिफिकेट पाएको छ । अर्जुन रेड्डी र कबीर सिंह जस्ता सुपरहिट फिल्महरू बनाएका सन्दीप रेड्डी वांगाले एनिमललाई निर्देशन गरेका हुन । जब रणवीर कपूरको एनिमल लुक भाइरल भयो, उनले धेरै हेडलाइन्स बनाए।

यो फिल्म डिसेम्बर १ गतेबाट हलमा रिलिज भएको छ ।  एनिमलसँगै विक्की कौशलको फिल्म सामबहादुर पनि हलमा रिलिज भएको छ । यो फिल्मलाई मेघना गुलजारले निर्देशन गरेका हुन् ।

एनिमलको पहिलो शो बिहान ७ बजे देखी चलिरहेको छ । फिल्म हेरिरहेका दर्शकले सामाजिक सञ्जालमा भिडियोहरू पोष्ट गर्दै फिल्म बबाल भन्दै प्रतिक्रिया दिइरहेको भारतीय मिडियाले जनाएका छन्  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार