श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सोमबारको टेस्टमा ‘एनिमल’ शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार

‘एनिमल’ ले रिलिजको चौथो दिन अर्थात सोमबार ३९.९ करोड भारु कलेक्सन गर्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बइ, १९ मंशिर । रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ले देश र विश्वको बक्स अफिसमा धमाका मच्चाइरहेको छ ।

रणबीर कपुरले फिल्ममा आफ्नो दमदार अभिनयका साथ थिएटरमा धुम मचाएका छन् । उनको यसअघि कहिल्यै नदेखेको अवतार हेर्न दर्शकहरु थिएटरमा भिडिरहेका छन् ।

योसँगै ‘एनिमल’ मा पनि नोटको वर्षा भइरहेको छ । फिल्मले रिलिज भएको ३ दिनमै दुई सय करोडको आँकडा पार गरेको थियो । सोमबारको टेष्टमा पनि फिल्म शीर्ष स्थानमा रहेको छ । यहाँ जानौँ ‘एनिमल’ ले रिलिजको चौथो दिन अर्थात सोमबार कति करोडको व्यापार गरेको छ ?

जसरी ‘एनिमल’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ, त्यो हेर्दा यो फिल्म इतिहास रच्ने दिशामा अघि बढिरहेको छ भन्न सकिन्छ । यो फिल्म रणवीर कपुरका लागि सपनाको फिल्म बनेको छ ।

अभिनेताको करियरको सबैभन्दा ठूलो ओपनर हुनुका साथै यो फिल्मले शाहरुख खानको ‘जवान’ अर्थात् रिलिज भएको तीन दिनमै भारतमा बक्स अफिसमा सबैभन्दा तीव्र गतिमा २०० करोडको आँकडा पार गर्ने कीर्तिमान पनि बनाएको छ । अहिले यो फिल्मले बक्स अफिसमा धुम मच्चाइरहेको छ ।

एनिमल’को कमाईको कुरा गर्ने हो भने फिल्मले पहिलो दिन ६३.८ करोडको कलेक्सन गरेको थियो । दोस्रो दिन शनिबार फिल्मले ६६.२७ करोड कमाएको छ । तेस्रो दिन अर्थात आइतबार ‘एनिमल’ ले ७१ करोड ४६ लाख रुपैयाँ कमाएको छ । अब फिल्म रिलिजको चौथो दिन सोमबारको कमाईको प्रारम्भिक तथ्यांक आइसकेको छ ।

प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार ‘एनिमल’ ले रिलिजको चौथो दिन अर्थात सोमबार ३९.९ करोड भारु कलेक्सन गरेको छ । जससँगै  ‘एनिमल’को चार दिनको कुल कमाई २४१.४३ करोड पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार